National life

धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध, अटेरी गरे कारबाही गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ माघ २०८१, शुक्रबार
795Shares
धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध, अटेरी गरे कारबाही गरिने
ncell

काठमाडौँ । धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिका नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिए। कार्यपालिका बैठकले गरेको निर्णयअनुसार एक महिनाभित्र सार्वजनिक स्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए ।

Royal Enfield
nic asia capital

‘बजार क्षेत्रमा जथाभाबी सुर्तीजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभाबी फालिने हुँदा फोहर बढ्नुका साथै दुर्गन्ध बढी भई मानव स्वास्थ्यमा ठुलो असर पुग्ने भएकाले प्रयोगमा रोक लगाइएको हो।’नगर प्रमुख नगरप्रमुख राईले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
795SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?