काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन पनि सुनको मूल्य यही कायम थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।































