National life
cg eloctronics

नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने दुई विकल्प सहित प्रतिवेदन सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
532Shares
नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने दुई विकल्प सहित प्रतिवेदन सार्वजनिक
ncell

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठन भएको समितिले बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने/नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका सिवाकोटीको संयोजकत्वमा गठित ३ सदस्यीय समितिको प्रतिवेदन अनुसार समितिले यो प्रतिवेदन २०८१ वैशाख ३ गते नेपाल सरकार अर्थ मन्त्रालयलाई बुझाएको थियो। समितिले नयाँ स्टक एक्सचेञ्जको अनुमति सम्बन्धी दुईवटा विकल्प पेश गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिले नेप्सेकै पुनर्संरचना गर्ने र नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने दुई वटा विकल्प पेश गरेको छ। निगरानी निकायको रूपमा नेपाल सरकारले आफ्नो सेयर स्वामित्व घटाएर निजी क्षेत्रसँगको सहकार्य गरी स्टक एक्सचेञ्ज सञ्चालन गर्ने हो भने पुँजी, प्रविधि, व्यवस्थापन, कारोबार प्रणाली लगायतका पुनर्संरचना गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेप्सेको पुनर्संरचना गदै सरकारको लगानी पनि सुरक्षित हुने, निजी क्षेत्रको माग पनि सम्बोधन हुने र लगानीकर्ताको हित पनि सुरक्षित हुने प्रतिवेदनको ठहर रहेको छ । तर राजनीतिक कारण र नेतृत्व परिवर्तन भइरहने समस्याका कारण नेप्सेको पुनर्संरचनामा धेरै आशावादी नबनी निजी क्षेत्रको स्वामित्वमा नयाँ स्टक एक्सचेञ्जको अनुमति दिने दोस्रो विकल्प समेत अध्ययन प्रतिवेदनले पेश गरेको छ।

प्रतिवेदनमा धेरैजसो देशहरूमा दुई वा सो भन्दा बढी स्टक एक्सचेञ्ज प्रचलनमा रहेका कारण लगानीकर्ताले गुणस्तरीय सेवा पाएको अनुभवका आधारमा नेपाली लगानीकर्ताको मनोभावलाई पनि उच्च बनाई हौसला प्रदान गर्न निजी क्षेत्रमा अर्को नयाँ स्टक एक्सचेञ्ज स्वीकृति दिन उपयुक्त हुने भन्दै समितिले बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने निचोड समेटेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?