National life

नागरिक लगानी कोषको आम्दानी बढ्यो, वित्तीय स्थिति बलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२५ वैशाख २०८३, शुक्रबार
1.6kShares
नागरिक लगानी कोषको आम्दानी बढ्यो, वित्तीय स्थिति बलियो
ncell

काठमाडौँ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कोषले ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कोषको नाफा ८९ करोड ९० लाख रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.३२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यही अवधिमा कुल आम्दानी १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ रहेको थियो।

आम्दानीको संरचनामा २५ करोड ९८ लाख रुपैयाँ ब्याज आम्दानी, १ अर्ब ३० करोड रुपैयाँ सेवा शुल्क तथा कमिसनबाट प्राप्त आय र ७ करोड ३७ लाख रुपैयाँ अन्य स्रोतबाट प्राप्त भएको देखिन्छ। यता, कोषको कुल खर्च भने १.१५ प्रतिशतले घट्दै ३२ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ३२ करोड ८८ लाख रुपैयाँ थियो।

लगानीतर्फ कोषले कुल ३ खर्ब ११ अर्ब रुपैयाँ परिचालन गरेको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा मुद्धती निक्षेपमा १ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ भने नेपाल सरकारका ऋणपत्रमा १५ अर्ब ७० करोड रुपैयाँ लगानी गरिएको छ। साथै, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड, संगठित संस्थाको सेयरमा ३२ अर्ब १ करोड र सहायक कम्पनीहरूमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ।

यसैगरी, कोषको बैंक मौज्दात १ अर्ब ६१ करोड रुपैयाँ र चालु सम्पत्ति ७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। जगेडा कोषको आकार भने १२ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ।

वित्तीय सूचकका हिसाबले समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी १९.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.११ रुपैयाँ र लगानी प्रतिफल ४.३६ प्रतिशत रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?