National life

नागरिक लगानी कोषको नाफा साढे ६६ करोड नाघ्यो, सबै सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२५ माघ २०८२, आइतबार
1.1kShares
नागरिक लगानी कोषको नाफा साढे ६६ करोड नाघ्यो, सबै सूचकमा देखियो प्रगति
ncell

काठमाडौँ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कोषले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमासमा कोषको नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुल आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो, अर्थात् यस वर्ष २.८६ प्रतिशतले वृद्धि भएको देखिन्छ। खर्चतर्फ भने कोषले नियन्त्रण गरेको छ। अघिल्लो आवमा २० करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च घटेर अहिले १८ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।

लगानी पोर्टफोलियो हेर्दा कोषले कुल २ खर्ब ९८ अर्ब रुपैयाँ बराबर रकम परिचालन गरेको छ। यसमध्ये मुद्धती निक्षेपमा १ खर्ब ४५ अर्ब, नेपाल सरकारका ऋणपत्रमा १ अर्ब ३१ करोड, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड, संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड तथा सहायक कम्पनीहरूमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ। जगेडा कोष १२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ तथा लगानी प्रतिफल ४.४९ प्रतिशत कायम भएको प्रतिवेदनमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?