National life

नागरिक लगानी कोषको पुस मसान्तसम्ममा ६२ करोड बढी २२ खुद नाफा आर्जन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
416Shares
नागरिक लगानी कोषको पुस मसान्तसम्ममा ६२ करोड बढी २२ खुद नाफा आर्जन
ncell

काठमाडौँ । नागरिक लगानी कोषले पुस मसान्तसम्ममा ६२ करोड बढी खुद नाफा आर्जन गरेको छ। कोषले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

प्रस्तुत विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Royal Enfield
nic asia capital
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९७ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। साथै, समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानीमा १५.७६ प्रतिशतको गिरावट आउँदा यता सेवा शुल्क तथा कमिशन आम्दानीमा भने १८७.३१ प्रतिशतको बृद्धि आएको छ ।

त्यस्तै, कम्पनीको कुल आम्दानी १२.४३ प्रतिशत बढेको छ भने कुल खर्च ६.१४ प्रतिशत बढेको छ। नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३५ पैसा घटेर १९ रुपैयाँ २० पैसामा सीमित भएको छ।

यो समाचार शेयर गर्नुहोस्
416SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?