National life
cg eloctronics

नारायणीमा बाढी आउन सक्ने भन्दै चितवन प्रहरीले गर्‍यो माइकिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
425Shares
नारायणीमा बाढी आउन सक्ने भन्दै चितवन प्रहरीले गर्‍यो माइकिङ
ncell

काठमाडौँ । चितवन प्रहरीले नारायणीमा बाढी आउन सक्ने भन्दै माइकिङ गरेर नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अपील गरेको छ । मंगलबार बिहान रसुवागढीस्थित त्रिशूलीमा तिब्बतबाट आएको बाढीले त्रिशूली नदी किनारका बस्ती प्रभावित हुन सक्ने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ ।

सोही अनुरूप चितवन प्रहरीले माइकिङ गरी नदी किनारमा नजान र नदी किनारका बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

तिब्बतबाट आएको बाढीको प्रभाव त्रिशूली नदी र बुढीगण्डकी दोभानसम्म देखिन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान तिब्बतबाट आएको बाढी त्रिशूली नदीमा मिसिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नारायणी नदी जलाधारको त्रिशूली उपजलाधारअन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उक्त बाढी बिहान ५ बजेतिर बेत्रावती आइपुगेको थियो । बेत्रावती केन्द्रमा बहाव करिब साढे २ मिटरसम्म बढेको र हाल केही घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीमा परी ३ प्रहरी, भन्सार यार्डमा काम गर्ने ९ नेपाली र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?