National life

नारायणी अस्पतालका तत्कालीन निर्देशक ठाकुरलगायतलाई भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ वैशाख २०८२, आइतबार
468Shares
नारायणी अस्पतालका तत्कालीन निर्देशक ठाकुरलगायतलाई भ्रष्टाचार मुद्दा
ncell

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माण र ‘इन्टरलक ब्लक’ बिछ्याउने सम्बन्धी ठेक्कामा मिलेमतो गरेको गरेको दाबीसहितअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

सार्वजनिक निर्माण कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानिनोक्सानी पुर्‍याएको अभियोग पत्रमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ठाकुर लगायत ९ जनालाई १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो कायम गरिएको छ ।

कुल लागतको ३.५ प्रतिशत हिस्सा इन्टर ब्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एमएम ३५ इन्टरब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको अभियोग पत्रमा उल्लेख छ ।

‘प्रतिस्पर्धालाई सीमित हुनेगरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आव २०७७र७८ मा नारायणी अस्पतालको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्ट लकिङ टायललाई भवन निर्माणको मुख्य आइटमको रूपमा समावेश गरेको पाइएको छ,’ आरोप पत्रमा छ ।

शिवाको–विकास एन्ड ब्रदर्स–बिजी जेभीले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा ‘ग्रे कलर’को इन्टरलक ब्लकको काम गरेको देखाए पनि अति सामान्य विषयलाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेको अख्तियारले जनाएकोछ ।

विशेष अदालतमा दायर गरेको आरोप पत्रमा नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरविरुद्ध एक करोड ८४ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

अति सामान्य पक्षलाई मूल्यांकनमा ‘ग्रेड इज नट मेन्सन्न्ड अल्सो इट इज नटमल्टी–ब्लाइन्डेड कलर ब्लक’ भन्ने बेहोरा उल्लेख गरी लक्षित बोलपत्र बाहेकका अन्य बोलपत्र प्रस्ताव अस्वीकृत गरेको अख्तियारको दाबी छ।

अभियोग पत्रमा स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरेको अभियोग पत्रमा उल्लेख छ ।

स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानुनी हानि नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

विशेष अदालतमा दायर गरेको आरोप पत्रमा नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरविरुद्ध एक करोड ८४ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर म. सकुर अन्सारीसँग पनि सोही रकम बराबरको बिगो कायम गरेर कैद र जरिवाना गरी बिगो असुल उपर गर्न माग गरेको छ ।

त्यसैगरी नारायणी अस्पताल वीरगञ्जका तत्कालीन लेखापाल सुदीपकुमार रायमाझी, नायब सुब्बा सुशीलप्रसाद यादव, मूल्यांकन समितिका संयोजक डा। वीरेन्द्रबहादुर प्रधान, सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारिक प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी–मिसन जेभी’ विरुद्ध पनि ठाकुर बराबरको बिगो र कैद सजायको माग गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?