National life
cg eloctronics

निरन्तर आन्दोलनमा रहेका उखु किसानले प्राप्त गर्न थाले अनुदान रकम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ भदौ २०८२, बिहिबार
1.3kShares
निरन्तर आन्दोलनमा रहेका उखु किसानले प्राप्त गर्न थाले अनुदान रकम
ncell

काठमाडौँ । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहन स्वरूप दिने अनुदानबापतको करिब ७५ करोड रकम निकासा गरेको छ। सरकारले देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब २ करोड १६ लाख क्विन्टल उखु बराबरको उक्त रकम किसानलाई उपलब्ध बनाएको हो ।

किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३० अनुदान रुपैयाँ दिने व्यवस्था अनुसार उक्त रकम उपलब्ध गराइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको छ। मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले अघिल्लो वर्ष प्रतिक्विन्टल ७० रुपैयाँका दरले किसानलाई अनुदान रकम दिँदै आएको भए पनि बजेट अभावका कारण अनुदान रकम आधाले घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँ कटौती गरेको थियो।

सरकारले मन्त्रिपरिषद् बैठकबाट यस पटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेपछि प्राविधिक कारणले निकासामा ढिलाइ भएको थियो। किसानले रकम समयमै प्राप्त गर्न र उक्त प्रोत्साहन रकम कटौती नगर्न माग गर्दै आएका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?