National life

निर्जिवन बीमा कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा गरे १९ अर्बमाथि ब्यापार,कसले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ माघ २०८०, बिहिबार
788Shares

काठमाडौं । नेपालमा संचालित निर्जिवन बीमा कम्पनीहरुले आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमासको अवधिसम्ममा १९ अर्बमाथि कुल बीमाशुल्क संकलन गर्न सफल भएका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १९ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार कम्पनीहरुले पुस मसान्तसम्म १४ लाख २१ हजार ७६ वटा बीमा पोलिसी बिक्री गरी १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। पुस महिनामा मात्रै कम्पनीहरुले ३ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

पुस मसान्तसम्मको अवधिसम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै ,तेस्रोमा सिद्धार्थ प्रिमियम कम्पनीले यस अवधिसम्ममा १ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

चौथौमा हिमालयन एभरेष्ट कम्पनीले यस अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै ,आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ६१ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३० करोड र एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकनल गरेका छन्।

त्यस्तै ,यस अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब १५ करोड, प्रभु इन्स्योरेन्सले ९६ करोड ९८ लाख, ओरिएन्टल इन्स्योरेन्सले ९३ करोड ५१ लाख, नेपाल इन्स्योरेन्सले ७५ करोड २ लाख, राष्ट्रिय बीमा कम्पनीले ६९ करोड ३३ लाख, र नेशनल इन्स्योरेन्सले ६१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?