National life
cg eloctronics

नेचुरल स्पिरिट्स नेपालले आईपीओ निष्कासन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
460Shares
नेचुरल स्पिरिट्स नेपालले आईपीओ निष्कासन गर्दै
ncell

काठमाडौँ । नेचुरल स्पिरिट्स नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता बिक्री गर्न लागिएको हो । २०७१ मङ्सिर १४ गते स्थापना भएको नेचुरल स्पिरिट्स पछिल्लो समय छिटो वृद्धि भइरहेको मदिरा उत्पादक कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले २०७७ सालमा पहिलो पटक उत्पादन सुरु गरेको थियो । २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्या‌क तथा पाँचवटा २५ हजार लिटर क्षमताका ट्याङ्कहरू रहेका छन् ।

कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?