National life
cg eloctronics

नेपालमा ४० अर्ब बढीको मोबाइल र ल्यापटप आयात, ६ अर्ब बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० साउन २०८२, शनिबार
618Shares
नेपालमा ४० अर्ब बढीको मोबाइल र ल्यापटप आयात, ६ अर्ब बढी राजस्व संकलन
ncell

काठमाडौँ । गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब बढीको मोबाइल र ल्यापटप आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २१ लाख ८४ हजार ६ सय ९४ थान मोबाइल फोन ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँमा आयात भएको थियो।

त्यसबाट सरकारले ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ । साथै, सोही आबमा नेपालमा आठ अर्ब ८२ करोड ९६ लाख २५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक र २४ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सङ्ख्याका हिसाबले गत आवमा एक लाख २९ हजार ५९ थान ल्यापटप तथा नोटबुक र एक लाख ७३ हजार ६ सय ७८ थान स्मार्टवाच नेपालमा आयात भएको थियो ।

नेपालमा विशेषगरि चीन, भारत, भियतनाम, संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका, कोरिया, हङकङ, अस्ट्रेलिया, कतार र बेलायतबाट मोबाईल, ल्यापटप र नोटबुक आयात हुने गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?