काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले भारतीय चेम्बर अफ कमर्सबाट तीन वटा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । व्यावसायिक बैंकको वर्ग अन्तर्गत बैंकले Best Performance on Risk Management, Best Bank र Best Performance on Assets Quality मा उत्कृष्ट प्रदर्शन का लागि पुरस्कार प्राप्त गरेको हो।
एनएसबीएलका प्रबन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकृत श्री राम कुमार तिवारीले नयाँ दिल्ली, भारतमा आयोजित थर्ड इमर्जिङ एशिया बैंकिङ अवार्ड्स २०२५ मा पुरस्कार ग्रहण गर्नुभयो। यी पुरस्कारहरूले बैंकको सावधान जोखिम व्यवस्थापन अभ्यास, संचालन उत्कृष्टता र सम्पत्ति गुणस्तर कायम राख्ने प्रतिबद्धता लाई प्रमुखतापूर्वक झल्काउँछन्।
बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंक १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २० ब्रान्चलेस बैंकिङ, १२५ एटीएम र एक कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।






































