National life

नेपाल बीमा प्राधिकरणको ५८औँ वर्ष प्रवेश, बीमा पहुँच ५०% नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.5kShares
नेपाल बीमा प्राधिकरणको ५८औँ वर्ष प्रवेश, बीमा पहुँच ५०% नाघ्यो
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विस्तार, उपलब्धि र आगामी चुनौतीबारे धारणा व्यक्त गर्दै बीमा प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्राधिकरणले आफ्नो स्थापनाको ५७औँ वर्ष पूरा गरी ५८औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष पौडेलले पछिल्लो एक वर्षमा बीमा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएकी हुन्। उनका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमाको पहुँच देशको करिब ५०.३१ प्रतिशत जनसंख्यामा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, कुल गार्हस्थ्य उत्पादन (GDP) मा बीमा शुल्कको हिस्सा करिब ३.९६ प्रतिशत पुग्ने अनुमान गरिएको छ। बीमा क्षेत्रको कुल सम्पत्ति ११ खर्ब ८६ अर्ब रुपैयाँ र लगानी करिब ९ खर्ब ६ अर्ब रुपैयाँ पुगेको पनि उनले जानकारी दिइन्।

चालु आर्थिक वर्षमा २२ वटा बीमकको वित्तीय विवरण समयमै स्वीकृत भई वित्तीय अनुशासन सुदृढ भएको उल्लेख गर्दै उनले बीमा क्षेत्रको संस्थागत क्षमता बढ्दै गएको बताइन्।

तर, अझै करिब ४९.६९ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर रहेको तथ्यलाई उनले प्रमुख चुनौतीका रूपमा औंल्याएकी छन्। ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमा सेवा विस्तार अपेक्षित रूपमा हुन नसकेको, नागरिकमा बीमाप्रतिको विश्वास अझै पूर्ण रूपमा स्थापित हुन नसकेको र डिजिटल रूपान्तरणमा थप सुधार आवश्यक रहेको उनको भनाइ छ।

यी चुनौती समाधानका लागि डिजिटल प्लेटफर्म विस्तार, समावेशी बीमा कार्यक्रम, लक्षित समूहका लागि विशेष योजना तथा दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने आवश्यकता रहेको उनले बताइन्।

प्राधिकरणले आन्तरिक सुशासन, पारदर्शिता र नियमन प्रभावकारिता बढाउँदै बीमा क्षेत्रलाई अझ विश्वसनीय र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको पनि अध्यक्ष पौडेलले उल्लेख गरिन्। अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्दै बीमा क्षेत्रलाई दिगो विकासतर्फ अघि बढाइने उनको प्रतिबद्धता छ।

अन्त्यमा, अर्थ मन्त्रालय, सरकारी निकाय, बीमक, बीमित तथा विकास साझेदारसँग सहकार्य गर्दै बीमा क्षेत्रको विकासमा निरन्तर समन्वय गरिने उनले बताएकी छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?