National life

नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै : दिउँसो २ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२८ पुस २०८२, सोमबार
1.1kShares
नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै : दिउँसो २ बजे बोलकबोल
ncell

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यसहित अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (१ वर्षे)’ जारी गर्न लागेको हो।

यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक आधारमा गरिनेछ। ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोलकबोल ब्याजदरमा हुनुपर्नेछ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था छ। ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

आज दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल सञ्चालन हुने छ। ऋणपत्रको रकम बाँडफाँड गर्दा बोलकबोलको ब्याजदर सानोदेखि ठूलो क्रमअनुसार राखी, आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँटसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदर मानिनेछ। सो दर वा सो दरभन्दा कम बोलवालाले नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?