National life

नेप्सेको सीइओका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’, यी पाँचमध्ये कसले मार्लान् बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
563Shares
नेप्सेको सीइओका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’, यी पाँचमध्ये कसले मार्लान् बाजी ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका मध्येमा ‘सर्टलिस्ट’ मा पर्नेमा चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् ।

नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो । उनीहरुलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको लागि बोलाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघिका सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै सरकारले नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन खुला गरेको थियो । आवेदन खुला समयअवधिमा १० जनाको आवेदन परेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?