National life

नेप्सेको सीईओमा अनुभवी नारदकुमार लुइँटेल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ चैत २०८१, सोमबार
546Shares
नेप्सेको सीईओमा अनुभवी नारदकुमार लुइँटेल नियुक्त
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओमा नारदकुमार लुईंटेल नियुक्त भएका छन् ।

सोमबार (आज) बसेको मन्त्रिपरिष्द बैठकले लुईंटेललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। नेप्से सीइओका लागि ५ जना सर्टलिस्टमा परेका थिए ।

नेप्सेको सीईओका लागि लुईंटेलसहित चुडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सिफारिस भएको थियो ।

Royal Enfield
nic asia capital
उनीहरू मध्येबाट लुईंटेललाई नियुक्त गरिएको हो ।

लुईंटेलसँग यसअघि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशक तथा तारागाउँ विकास समितिको सञ्चालक समिति अध्ययक्ष र सदस्यसचिवका रूपमा काम गरेको अनुभव छ ।

 

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?