काठमाडौं । साताको पाचौ दिन बिहीबार सेयर कारोबार रकममा वृद्धि भएको छ । हिजो ३ अर्ब ७० करोडको कारोबार भएको थियो भने आज ४ अर्ब २३ करोडको कारोबार भएको हो।
बजार बढेको दिने नेप्से परिसूचक ०.७९ अंकले बढेको देखिन्छ । त्यस्तै, २०१८ अंकमा पुग्दा बजार बन्द भएको नेप्सेमा देखिन्छ।
शेयर बजार बढेको दिन १ सय ३ कम्पनीहरुको मूल्य बढ्दा १ सय ३९ को भने घटेको छ । त्यस्तै, तीन कम्पनीको शेयर मूल्य भने स्थिर अवस्थामा छ।
आज माइक्रोफाइनान्स समूह ३.८ प्रतिशतले बढेको छ । त्यसको साथै अन्य समूह ०.२२ , बैंकिङ ०.२२, विकास बैंक १.०७, फाइनान्स १.४५, होटल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.४४, उत्पादन ०.४३, निर्जीवन बीमा ०.८५ र व्यापार समूह ०.७९ प्रतिशतले बढ्न पुगेका छन् ।





































