National life

नेप्सेमा सामान्य वृद्धि , ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
738Shares
नेप्सेमा सामान्य वृद्धि , ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच
ncell

काठमाडौं । सेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ । बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि हुँदा १९३२.३३ अंकको विन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज सबैभन्दा बढी सेयर किनबेच भएको कम्पनीमा सोल्टी होटल लिमिटेड रहेको छ । सोल्टी होटलको आज १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस्तै, दोस्रोमा शिवम् सिमेन्टको आठ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा सो रकम बराबरको कारोबार भएको हो ।

बुधबार म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्याटन उपसूचक ०.४६ प्रतिशत र बैंकिङ उपसूचक गिरावट भएको छ । यता व्यापार उपसूचक सर्वाधिक ४.९७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक १.२२ प्रतिशत र विकास बैंक उपसूचक १.१४ प्रतिशतले गिरावट भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?