काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईँ नियुक्त भएका छन्।यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित हुन सकेको थिएन ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चापागाईँ नेप्सेको सीईओमा नियुक्त गरेको हो। चापागाईंसँग लामो समय सानिमा बैंकमा आबद्ध रहेर काम गरेका अनुभव छ।
उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरको रूपमा काम गरेर केही समय अगाडि बाहिरिएका थिए ।
साथै, उनले पाथीभरा विकास बैंक, सनराईज बैंक, युनियन लाइफ र सानिमा लाइफमा समेत लामो समय काम गरेका थिए ।


































