National life

नेप्से परिसूचक ४० अंकले बढ्यो: सबै उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
865Shares
नेप्से परिसूचक ४० अंकले बढ्यो: सबै उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ । साताको चौथो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।  घटबढको क्रम चलिरहेको शेयर बजार आज हरियाली आएको हो ।

आज नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कारोबार भएका ३१७ वटा कम्पनीको ९१ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब २० करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज बैंकिङ समुहको १.१५, विकास बैंकको १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, र अन्यको २.०९ तथा व्यापार १ प्रतिशत बढेको छ ।

आज सबै उपसूचकमा हरियाली छाएको छ । यसअघि प्रोफिट बुकिङसँगै राजनीतिक माहोल अस्थिर बन्दै जाँदा बजार प्रभावित भएको आँकलन गरिएको थियो । सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाइ हटाउने निर्णय गरेपछि मंगलबारको बजार थप प्रभावित भएको धेरैले जानकारहरूको भनाई छ ।

यसैगरी, बजार घट्नेक्रम नरोकिएपछि खरिद गर्ने मुडमा रहेकाहरू पुनः ‘वेट एन्ड वाच’को मुडमा बसे, जसले गर्दा कारोबार रकम न्यून हुन गएको छ। तर अब लगातारजसो घट्दा सेयर मूल्य सस्तो भइसकेको छ । शेयर बजारको धेरै घट्ने ठाउँ नभएको कारण अब सुधारतर्फ उन्मुख भएको जानकारहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
865SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?