National life
cg eloctronics

पत्रकार दिल भूषण पाठकलाई पक्राउ नगर्न उच्चको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असार २०८२, सोमबार
620Shares
पत्रकार दिल भूषण पाठकलाई पक्राउ नगर्न उच्चको आदेश
ncell

काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिल भूषण पाठकलाई पक्राउ नगर्न आदेश दिएको छ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो  । उच्च अदालतले तत्काल पाठकलाई पक्राउ नगर्न आदेश जारी गरेको छ ।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै भन्दै थप छलफलका लागि सरकारी पक्षलाई झिकाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईँले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्। उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा.भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोषबाबु सिग्देललगायतले बहस गरेका थिए।

अहिले राज्य प्रेस र आलोचकप्रति अनुदार रूपमा प्रस्तुत भइरहेको र साइबर कानुनको गलत प्रयोग पनि गरिरहेको भन्दै पत्रकारमाथिको धरपकड रोकिनुपर्ने माग उनीहरूले इजलासमा गरेका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?