National life

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
593Shares
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आयोगका अनुसार, तत्कालीन प्रधानमन्त्री नेपालले पतञ्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न अनुमति दिने निर्णय २०६६ माघ १८ गते मन्त्रिपरिषद्बाट गराएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर त्यसको दुई महिनाभित्रै, २०६६ चैत ६ गते मन्त्रिपरिषद्बाट अर्को निर्णय गराई सो जग्गा हाउजिङ कम्पनीलाई बेच्न स्वीकृति दिइएको थियो।

भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले २०६६ सालमा काभ्रेको बनेपा क्षेत्रमा ५९३ रोपनी जग्गा खरिद गरेको थियो। त्यस मध्ये ३५३ रोपनी जग्गा काष्ठमण्डप हाउजिङ कम्पनीलाई २०६७ असार ११ गते बिक्री गरिएको थियो।

त्यसबेला मन्त्रिपरिषद्मा भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, मुख्य सचिव माधव घिमिरे र भूमिसुधार सचिव छविराज पन्त थिए। अनुसन्धान अनुसार, उक्त प्रस्ताव अघि बढाउन तत्कालीन प्रधानमन्त्री नेपालले मन्त्री श्रेष्ठलाई निर्देशन दिएको लिखित प्रमाण पनि भेटिएको छ।

नेपालमाथि जग्गा हिनामिनाको मुद्दा परेसँगै सांसद पद पनि निलम्बनमा परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?