National life
cg eloctronics

पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा १९ अर्व बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
519Shares
पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा १९ अर्व बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात
ncell

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकडभिट्टाबाट रु १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा रु ९० करोड ८२ लाख अर्थात् चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात् रु ५९ करोड ६९ लाख १० हजार ले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट रु नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अवधिमा रु आठ अर्ब ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोमिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु सात अर्ब तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोमिटर डिजेल आयात भएको छ ।

यसैगरी उक्त अवधिमा रु दुई अर्ब ८२ करोड मूल्य पर्ने २५ हजार ५६८  मेट्रिकटन एलपि ग्यास, रु ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोमिटर एटीएफ र रु २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोमिटर मट्टितेल आयात भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?