काठमाडौँ । सामसङ प्लाजाले पोखराको नयाँ सडकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शुक्रबार पाल्पा हाउस, नयाँ सडकमा आयोजित उद्घाटन कार्यक्रममा बोल्छा ग्रुपकी डाइरेक्टर सीमा बोल्छा र नाभाजुन रेडङ हाउसका प्रोप्राइटर जनपुकार मुनाङ्मीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरे।
यो नयाँ आउटलेट पहिले महेन्द्रपुलस्थित सामसङ प्लाजाबाट सारिएको हो। अब नयाँ सडकमा खुलाइएको शोरुमले ग्राहकलाई अझ सजिलो पहुँच र उत्कृष्ट खरिद अनुभव प्रदान गर्ने प्लाजाको दाबी छ।
नयाँ सामसङ प्लाजामा स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्सेसदेखि अन्य अत्याधुनिक सामसङ इलेक्ट्रोनिक्स उत्पादन उपलब्ध हुनेछन्। यसले सामसङको अन्तर्राष्ट्रिय ब्रान्डप्रति नेपालका ग्राहकलाई नजिक पुर्याउने प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
सामसङ प्लाजाका प्रतिनिधिले भने, “हामीलाई पोखरामा नयाँ शोरुम खोल्न पाउँदा निकै खुशी लागेको छ। यो शहरको विकास र उत्साहलाई मध्यनजर गर्दै हामीले नयाँ सडक रोजेका हौं। यसले ग्राहकलाई अझ सहज बनाउनेछ।”
ग्राहकहरूले नयाँ सामसङ प्लाजा भ्रमण गर्दा आकर्षक अफर, आधुनिक शपिङ्ग वातावरण र मित्रवत् स्टाफको सहयोग पाउने कम्पनीले जनाएको छ।






































