National life

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निर्माण पक्षबाट २ अर्ब २२ करोड असुल गर्न लेखा समितिको सिफारिस (पूर्णपाठ सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
479Shares
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निर्माण पक्षबाट २ अर्ब २२ करोड असुल गर्न लेखा समितिको सिफारिस (पूर्णपाठ सहित)
ncell

काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको संसदीय उपसमिति पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरेको छ ।

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद् राजेन्द्र लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले यस्तो सिफारिस सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियममता भएको भन्दै लेखा समितिमा उजुरी परेपछि समितिले उपसमित बनाएर अध्ययन गरेको थियो ।

सो अध्ययनको क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने देखिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबार संयोजक लिङ्देनले मूल समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको अध्ययन प्रतिवेदनमा तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरिएको छ।

मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटकपटक नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले मास्टर लिस्टका आधारमा २ अर्ब २२ करोड ४० लाख आर्थिक अनियमितता गरेको देखिएको’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘महालेखा परीक्षकको ६०औं प्रतिवेदनले समेत असुल उपर गर्नुपर्ने बेरुजुको रूपमा राखेकोले उक्त रकम (२ अर्ब २२ करोड ४० लाख) तत्काल असुल उपर गर्नुपर्ने‘ ।’

कर छुट दिने सम्बन्धमा त्यसको औचित्य एवं सैद्धान्तिक आधार के कस्तो थियो भनेर समितिले पत्राचार गर्दा अर्थ मन्त्रालयले कुनै जानकारी नदिएको भनेर पनि प्रतिवेदनमा लेखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?