National life
cg eloctronics

प्रतिनिधि सभा बैठक बहिस्कार गर्दै सदनबाट बाहिरिए रास्वपा र राप्रपा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
457Shares
प्रतिनिधि सभा बैठक बहिस्कार गर्दै सदनबाट बाहिरिए रास्वपा र राप्रपा
ncell

काठमाडौँ । प्रतिनिधि सभाको बैठकबाट राप्रपा र रास्वपा बाहिरिएको छ । आज प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपा सांसदहरू आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले निरन्तर नाराबाजी गर्दै गरेका हुन्। त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखेपछि राप्रपा र रास्वपा सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् । भिजिट भिसा प्रकरणमा बहालवाला गृहमन्त्री रमेश लेखक र पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि हालसम्मका १४ जना गृहमन्त्री लाई छानबिनको दायरामा ल्याउनुपर्ने राप्रपाले माग गर्दै आएको छ भने रास्वपाले भने गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?