National life
cg eloctronics

प्रधानमन्त्री ओलीद्वारा ग्वार्को ओभरपासको उद्घाटन (तस्बिरहरू)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
399Shares
प्रधानमन्त्री ओलीद्वारा ग्वार्को ओभरपासको उद्घाटन (तस्बिरहरू)
ncell

काठमाडौँ । ललितपुरको ग्वार्को चोकमा निर्माण सम्पन्न बहुप्रतिक्षित ओभरपास शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । पटकपटक म्याद थप्दै सम्पन्न भएको यो ओभरपासबाट अब सर्वसाधारण ट्राफिक जामको समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त ओभरपास निर्माणको प्रक्रिया अघि बढाएको हो । केन्द्रले दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/64443

ठेक्का अनुसार २०८० फागुन ११ गतेसम्म निर्माण सक्नुपर्ने भए पनि समयमा काम नसकिएपछि म्याद २०८१ असारसम्म थपिएको थियो । त्यतिबेला पनि निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थपेर २०८१ पुस ८ गतेसम्म निर्माण सक्ने गरी समय दिइएको थियो। निर्माणमा विभिन्न समस्या देखा परेपछि पुस र माघ महिनामा एक महिना जति काम अवरुद्धसमेत भएको थियो ।

केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार ठेकेदार कम्पनीले पटकपटक म्याद थप्दा पनि काम समयमा नसकाएपछि करिब १ करोड ४७ लाख रुपैयाँ हर्जाना तिराएर अन्ततः ओभरपास निर्माण सम्पन्न गरिएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
399SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?