National life

प्रधानमन्त्री ओलीलाई चीनले भ्रमणको निम्तो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
416Shares
प्रधानमन्त्री ओलीलाई चीनले भ्रमणको निम्तो
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी राष्ट्र चीनले भ्रमणको निम्तो दिएको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको निमित्त औपचारिक निम्तो दिइएको हो।

एक साता अघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको छ। यद्यपि प्रधानमन्त्री ओलीले त्यसको विषयमा भने हालसम्म कुनै पनि प्रतिक्रिया नदिएको सचिवालयको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भेट भएको थियो। प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका खण्डमा त्यस बेला बिआरआइ परियोजनालगायत विषयमा पनि कुराकानी हुने अनुमान गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
416SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?