काठमाडौं महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन सामाजिक संजाल मार्फत नै आग्रह गरेका छन्।
प्रधानमन्त्री ओली आज चीन प्रस्थान गरेपछि फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले भ्रमण क्रममा लिपुलेक नेपालको हो भन्ने विषय चीनलाई सम्झाउन आग्रह गरेका हुन्।
https://www.youtube.com/watch?v=7z132FYZ0dA&t=25s
‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला,’ मेयर बालेनले लेखेका छन्।
उनले प्रधानमन्त्रीको चीन भ्रमणको शुभकामना दिँदै ती विषय उठान हुनेमा विश्वस्त रहेको पनि बताए। ‘हामीलाई तपाईं माथी पूर्ण विश्वास छ,’ उनले लेखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गरिसकेका छन्। सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्।






































