National life
cg eloctronics

प्रभु महालक्ष्मी लाइफका सीईओ प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ भदौ २०८२, मङ्गलबार
377Shares
प्रभु महालक्ष्मी लाइफका सीईओ प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूलाई छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित गरिएको छ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा उहाँले गरेको योगदानको कदर स्वरुप यो सम्मान प्रदान गरिएको हो। प्रमुख कार्यकारी अधिकृत प्रसाईज्यूको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गर्विलो व्यवसाय वृद्धि हासिल गर्दै नेपाली बीमा बजारमा बलियो उपस्थिति कायम गरेको छ।

सो अवसरमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँलाई अवार्ड प्रदान गर्नुभएको थियो। एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तरगत विभिन्न पेशा र व्यवसायमा उत्कृष्ट योगदान गरेका व्यक्तिहरुलाई विविध विधामा सम्मानित गरिन्छ। नेपालसहित एसियाका विभिन्न देशका पेशा व्यवसायमा छुट्टै पहिचान बनाएका व्यक्तिहरुलाई यस कार्यक्रम मार्फत सम्मान गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
377SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?