काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर वितरण प्रक्रिया सुरु गरेको छ।
वार्षिक साधारण सभाबाट अनुमोदित ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गरेपछि क्रमशः सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा जम्मा गर्न थालिएको कम्पनीले जनाएको हो।
पुस २१ गतेअघिसम्म सेयर कारोबार भई नाम दर्ता भएका सेयरधनीहरूको बोनस सेयर उनीहरूको खातामा पठाउन सुरु गरिएको जानकारी दिइएको छ।


































