National life

प्रभु र महालक्ष्मी लाइफले पायो मर्जरको अन्तिम स्वीकृति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
720Shares
प्रभु र महालक्ष्मी लाइफले पायो मर्जरको अन्तिम स्वीकृति
ncell

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको अन्तिम स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

दुई कम्पनीले जेठ २६ गते आह्वान गरेको वार्षिक साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेका थिए । मर्जरको प्रस्ताव पारित भए सँगै नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति लिनु पर्ने हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले अनुमतिको आवेदन परेको एक दुई दिन भित्रै स्वीकृति प्रदान गर्ने गरेको छ ।

प्राधिकरणले स्वीकृति प्रदान गरे पछि कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियामक निकायबाट अनुमति प्राप्त गर्नु पर्ने हुन्छ । अव कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाउन समय लाग्नेछ ।

यी दुबै कम्पनीले मर्जर सम्बन्धी सम्पुर्ण आन्तरिक तयारी गरिसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?