National life

प्रस्तावित बीमा नियमावलीमा असहमति जनाउँदै बीमा अभिकर्ताले बुझाए ज्ञापनपत्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ जेठ २०८०, बुधबार
583Shares
प्रस्तावित बीमा नियमावलीमा असहमति जनाउँदै बीमा अभिकर्ताले बुझाए ज्ञापनपत्र
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा पेशागत बीमा अभिकर्ता संघ नेपालले ज्ञापनपत्र बुझाएका छन् । बीमा अभिकर्ता संघ नेपालले बीमा नियमावली २०८० संसोधन गर्न माग गर्दै १७ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ मा भएका प्रावधानहरुमार्फत अभिकर्ताहरुले पाईरहेका सेवा सुविधाहरु घटाउन नपाइने संघले जनाएको छ ।

संघले ज्ञापनपत्रमार्फत यस अगाडि बीमा समितिबाट जारी आदेशहरुबाट प्राप्त सुविधाहरु, प्राधिकरणसँग एवम् विभिन्न बीमा कम्पनीहरुसँग अभिकर्ता प्रतिनिधिहरुबीच विगतमा भए गरेका सम्झौताहरु मार्फत श्रमजीवी अभिकर्तालाई दिइएका सेवा सुविधाहरु घटाउन, हटाउन र तोडमरोड गर्न नपाइने बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण सम्बन्धि बीमालेख प्राधिकरणले निर्धारण गरे बमोजिमको प्रतिशतमा नवीकरण भएको प्रमाण पेश गर्नु पर्ने भन्ने प्रावधान हटाउनु पर्ने माग गरेको छ । ‘बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण सम्बन्धि नियम ४७ को उपनियम (१) को खण्ड (ख) मा विक्रि गरेको बीमालेख प्राधिकरणले निर्धारण गरे बमोजिमको प्रतिशतमा नवीकरण भएको प्रमाण पेश गर्नु पर्ने भन्ने प्रावधान हटाउनु पर्दछ । बीमालेख नविकरण गर्ने वा नगर्ने भन्ने कुरा बीमितको मौलिक अधिकारको कुरा हो ।’ बीमा अभिकर्ता संघ नेपालले ज्ञापनपत्रमा भनेको छ ।

त्यस्तै संघले बीमितलाई जबर्जस्ति गर्ने अधिकार अभिकर्ताको नभएको पनि बताएको छ ।

यस्ता छन् बुँदाहरु :

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?