काठमाडौँ । नेपाल संगीत उद्योग संघमा प्रहरीले छापा मारेको छ । त्यस स्थानबाट प्रहरीले कागजात बरामद गरेको छ।
अनामनगरस्थित संघको कार्यालयबाट अनुसन्धानका लागि कागजात संकलन गरिनुको साथै त्यहाँका कर्मचारीकै रोहवरमा अनुसन्धानका लागि कागजात लिन टोली गएको छ प्रहरीले जनाएको छ ।
कार्यालयबाट कार्यसमिति बैठकका निर्णय, लेटर प्याड र कम्प्युटर बरामद गरेको छ ।
नेपाल संगीत उद्योग संघका पदाधिकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाको आधारमा ब्युरोले अनुसन्धान सुरु गरेको जनाएको छ ।


































