National life

बजारमा अधिक तरलताः ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ वैशाख २०८३, बुधबार
1.5kShares
बजारमा अधिक तरलताः ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न सो रकम झिक्न लागेको हो ।

केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ४९ दिनका लागि उठाउन लागेको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३ गते हुने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न तथा मौद्रिक स्थायित्व सुनिश्चित गर्न नियमित रूपमा यस्ता उपकरणहरू राष्ट्र बैंकले प्रयोग गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?