National life
cg eloctronics

बजेटले आफ्नो भूगोल नछाएको भन्दै रोष्ट्रममा माओवादी सांसद जुग्जालीले च्याते बजेट पुस्तिका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असार २०८२, सोमबार
688Shares
बजेटले आफ्नो भूगोल नछाएको भन्दै रोष्ट्रममा माओवादी सांसद जुग्जालीले च्याते बजेट पुस्तिका
ncell

काठमाडौँ । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।

सांसद जुग्जालीले भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा आज बजेट विभेदकारी भएको भन्दै बजेट पुस्तिका च्यातेका हुन्। बजेट पूर्वग्राही भएको भन्दै उनले बजेट पुस्तिका च्यातेका हुन् अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै जुग्जालीले कटाक्ष गरेका हुन ।

बजेट मार्फत आफ्नो जिल्लामा अन्याय भएको भन्दै रुष्ट बनेका उनले अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि पनि प्रश्न गरेका हुन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईँहरूले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक काम छैन । च्यात्न चाहन्छु ।’

साथै, उनले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्द सागर तिर पुगेको टिप्पणी समेत गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?