National life

बागलुङ म्याग्दी सिमाना विवाद उत्कर्षमा, भौतिक संरचना तोडफोड (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
617Shares
बागलुङ म्याग्दी सिमाना विवाद उत्कर्षमा, भौतिक संरचना तोडफोड (भिडियो सहित)
ncell

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सिमाना पर्ने शोले डाँडाको विवादित विषय थप उत्कर्षमा पुगेको छ । केही महिना यता आफ्नो भूभाग दाबी गर्दै आएको दुई जिल्लाको पालिकाबिच सहमति जुट्न नसक्दा उक्त विषयले तोडफोडको रूप लिएको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको शोले डाँडामा बागलुङको तमानखोला गाउँपालिकाले निर्माण गरेको सहितको सालिक, देउराली, लव पोखरी लगायतको संरचनामा अज्ञात समूहले तोडफोड गरेसँगै उक्त विषयले थप विवाद सृजना गरेको हो ।

सीमा विवादको विषयमा केही महिना अगाडि म्याग्दी जिल्लाको बेनीमा दुवै जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा समिति प्रमुखहरूको संयुक्त बैठक बसेर दीर्घकालीन समाधानका लागि विज्ञ टोली गठन गर्दै सिमाना यकिन गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको भए पनि रातारात संरचना भड्किएपछि विवाद थप चर्किएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बागलुङ र म्याग्दीको सिमाना क्षेत्रअन्तर्गत पर्ने शोले डाँडामा मालिका गाउँपालिकाले आफ्नो भूभाग पर्ने र बागलुङ तमानखोलाले अनधिकृत रूपमा संरचना बनाएको दाबी गर्दै आएको छ भने तमानखोला गाउँपालिकाले भने परापूर्व कालदेखि नै शोलेको प्रयोग गर्दै राज्यलाई तिर्ने तिरो तिर्ने लगायतको काम गरेको कारण उक्त क्षेत्र आफ्नो क्षेत्राधिकार भित्र पर्ने दाबी गर्दै आएको छ ।

                                               भिडियोमा हेर्नुहोस् 

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?