National life
cg eloctronics

बालेन शाहले वैदेशिक भ्रमणमा ५२ लाख ५४ हजार अनियमितता गरेको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
421Shares
बालेन शाहले वैदेशिक भ्रमणमा ५२ लाख ५४ हजार अनियमितता गरेको आरोप
ncell

काठमाडौैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह माथि अनियमितता गरेको आरोप लागेको छ।

महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा महानगरको खर्चमा अनियमितता देखिएको भन्दै बालेन माथि अनियमितताको आरोप लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त प्रतिवेदनअनुसार मेयर बालेन सहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणमा गरेको खर्च रकम नियमसम्मत नभएको देखिएको छ। वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता देखाइएको छ।

फ्रान्सको पेरिसमा बालेनले गरेको भ्रमण खर्च, ब्राजिलमा गरिएको खर्च, भारत, बंगलादेशलगायतमा गरिएको खर्चमा अनियमितता गरिएको पाइएको छ । बालेनले विदेश भ्रमणमा जाँदा अनुमतिसमेत नलिएको खुलेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट भ्रमणमा संलग्न कर्मचारीको मनोनयन हुनुपर्नेमा व्यवस्था रहेको छ, तर बालेनलगायतका उनका महानगरका कर्मचारीहरू भ्रमणमा मनोनयनबेगर गएको महालेखाले उल्लेख गरेको छ । यसरी गएको भ्रमण र भुक्तानीमा भएको खर्च नियमसम्मत नभएकोसमेत महालेखाले उल्लेख गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
421SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?