National life

बीमा कम्पनीहरूले प्राधिकरणबाट स्वीकृत बीमालेख हुवहु लागू गर्नुपर्छ:अध्यक्ष सिलवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
773Shares
बीमा कम्पनीहरूले प्राधिकरणबाट स्वीकृत बीमालेख हुवहु लागू गर्नुपर्छ:अध्यक्ष सिलवाल
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग वीरगञ्जमा बीमा सम्बन्धी गहन समसामयिक छलफल सम्पन्न भएको छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष सिलवालले भने,‘बीमा कम्पनीहरूले प्राधिकरणबाट स्वीकृत बीमालेखमा कुनैपनि परिवर्तन नगरी हुवहु लागू गर्नुपर्छ, कम्पनीका प्रदेश तथा शाखा कार्यालयले प्रत्यायोजित अधिकार प्रयोग गर्नुपर्छ, दाबी भुक्तानीलाई सहज बनाउन सहयोग गर्नुपर्छ ।’ उनले सुशासनको बाटो नहिंड्ने, उधारो बीमा गर्ने, कर्मचारीको तालिमका लागि छुट्याइएको रकम सोही प्रयोजनमा प्रयोग नगर्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरिने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिनुका साथै कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । कार्यक्रममा सहभागीहरूले मधेश प्रदेशमा हाल ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढाउन रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने र विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश गरी छुट्टै पठनपाठनको व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए ।

साथै, लघुबीमा कम्पनीहरू आफ्नो क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी केन्द्रित हुने गरेको, लघुबीमकले कम दरमा बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, मधेश प्रदेशस्थित बीमा कम्पनीका शाखा कार्यालयहरूमध्ये झण्डै ६० प्रतिशत प्रमुखविहिन रहेको, पशुपन्छी मरेको अवस्थामा स्थलगत निरीक्षण नभएको भन्दै स्थानीय तहले प्रमाणित गर्न नमानेको लगायतका विषयहरुमा सोही कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका सबै जिल्लास्थित बीमा कम्पनीका प्रदेश, शाखा र उप–शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र सरोकारवालाहरू गरी करिव दुईसय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन ।

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?