National life

बीमा प्राधिकरणका अध्यक्ष सिलवालको पोस्ट बजेट प्रतिक्रिया : हामी छौं कोही डराउनु पर्दैन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
661Shares
बीमा प्राधिकरणका अध्यक्ष सिलवालको पोस्ट बजेट प्रतिक्रिया : हामी छौं कोही डराउनु पर्दैन
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमक, बीमित, सर्भेयर, अभिकर्ता तथा कुनै पनि सरोकारवाला निकायहरुलाई नआत्तिन बरु मनोबल बढाएर उत्साहका साथ काम गर्न निर्देशन दिएका छन् । आर्थिक भ्वाईससँग पोस्ट बजेट समिक्षा गर्ने क्रममा उनले बीमकहरु निराश हुनुपर्ने कुनै अवस्था नरहेको स्पष्ट पारे ।

यता बीमा कम्पनीहरुले विभिन्न संचार माध्यमहरुमा बजेट अपेक्षित नरहेको प्रतिक्रीया दिइरहेको बेलामा अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको उपस्थिती हर-हिस्सा र आवश्यकतामा रहने औँल्याएका छन् ।

सिलवालले आर्थिक भ्वाइससँग भने,‘अब बजेट त भने जस्तै आएको छ त ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्तीमा बीमाका विभिन्न आयामहरुमा बजेटले छोएको छ । त्यो नै ठूलो कुरा हो नि । तपाईहरुले आफै हेर्नुन कृषि बीमाको अनुदानको पनि कुरा आएको छ । लघु बीमा पनि सम्बोधन भएकै छ । जम्मै कुरा बजेटमा मात्रै अटाउँछ भन्ने पनि होइन । सरकारले बीमा प्राधिरण नै खडा गरेर राखेको छ त ।’

उनले थपे,‘सबैभन्दा मुख्य कुरा भनेको नियमनकारी निकायको क्षमता अभिवृद्धिको कुरा सरकारले उठाएको छ । बाँकी क्षेत्र त यही नियमनकारी निकायले हेर्ने होनी । कृषि बीमामा पनि १ अर्ब ६५ करोड अनुदान सरकारले दिने भइसक्यो । त्यति मात्र नभई न्यून आय भएका र सीमान्तकृत वर्गलाई पनि बीमा समेटने योजना सरकारले बनाएकै छ । बीमा प्राधिकरण भनेको त सरकारको सल्लाहकार पनि होनी । हामीलाई त सरकारले नै बनाएको हो । बीमा बजारको बिस्तारको लागि नै हामी भएकाले सबै कुरा बजेटलाई नै आधार मान्ने प्रवृत्ती पनि त ठिक होइन नी ।’

उनले कतिपय बीमा कम्पनी र बीमा क्षेत्रले आफ्ना विभिन्न मागहरु सम्बोधन नभएको बताइरहदा अहिले यस्तो मन्दीको समयमा निराशाजनक कुरा गर्ने भन्दा पनि जताततैबाट आशा, भरोसाका दियो बाल्न सक्नु पर्ने प्रतिक्रीया दिएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?