National life

बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा, कुन विभागमा कस्काे जिम्मेवारी ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
470Shares
बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा, कुन विभागमा कस्काे जिम्मेवारी ?
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा भएको छ । प्राधिकरणको उच्च व्यवस्थापनले साउन १० गतेदेखि लागू हुने गरी चार जना निर्देशकहरुको सरुवा गरेको हो ।

यसअघि व्यवस्थापन सूचना प्रणाली र इजाजतपत्र विभागको प्रमुखमा रहेका कमल प्रसाद रेग्मी सरुवा भएर कानुन तथा नियमन महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् ।

त्यस्तै यसअघि उक्त महाशाखाको प्रमुखमा निर्देशक दिनेश कुमार लाल थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी हाल व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारीमा सरुवा भएका छन् ।

त्यसैगरी, व्यवस्थापन महाशाखाको जिम्मेवारी निर्देशक पुजन ढुंगेल अधिकारीले सम्हाल्दै आएकी थिइन् भने अब उनले बीमा विकास तथा प्रवर्द्धन महाशाखासँगै थप कृषि र लघुबीमा पनि हेर्ने भएकी छिन् ।

त्यस्तै प्राधिकरणको सुपरीवेक्षण महाशाखामा निर्देशक शुशिलदेव सुवेदी रहेका छन् । यसअघि कृषि र लघुबीमाको पनि महाशाखा प्रमुख रहेका उनले अब सुपरीवेक्षण र रि इन्स्योरेन्स तथा रिसर्च विभाग सम्हाल्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?