National life

बीमा सूचना केन्द्रका यस्ता छन् फाइदा, खर्च कटौती देखी लिएर ठगी रोक्नेसम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२८ पुस २०८२, सोमबार
1.6kShares
बीमा सूचना केन्द्रका यस्ता छन् फाइदा, खर्च कटौती देखी लिएर ठगी रोक्नेसम्म
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना र सञ्चालनका लागि तयारी तीव्र बनाएको छ। बीमा ऐन २०७९ कार्यान्वयनमा आएको तीन बर्ष बितिसक्दा समेत स्थापना हुन नसकेको बीमा सूचना केन्द्र पछिल्लो समय भने स्थापना हुने संकेत देखिएको हो ।

गत कार्तिकमा मात्रै बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाहरुबीच सहमति जुटेको थियो । बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले नेपाल बिमा प्राधिकरणले केन्द्रीय कार्यालय कुपुण्डोलमा एक छलफल कार्यक्रम आयोजना गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रमबाट प्राप्त राय–सुझावका आधारमा प्रारम्भिक मस्यौदा परिमार्जन गरी बीमा सूचना केन्द्र स्थापनाको कार्य अघि बढाउने सहमति जुटेको हो ।

बीमा क्षेत्रमा हुने ठगी समयमै पहिचान गर्ने तथा बीमा क्षेत्रको सूचना संकलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न आवश्यक रहेको प्राधिकरणको निष्कर्ष छ।

के हो बीमा सूचना केन्द्र ?

बीमा सूचना केन्द्र बीमा क्षेत्रको सूचना व्यवस्थापन र पारदर्शिता बढाउने एउटा प्रमुख संरचना हो । यस केन्द्रको मुख्य उद्देश्य भनेको बीमामा हुने जालसाझी ठगी रोक्नु, अनियमित गतिविधि रोक्नु, बीमा कम्पनीहरूका डेटा एकीकृत गर्नु, बीमा दावी निगरानी गर्नु, फर्जी दावी रोक्नु र बीमाप्रतिको विश्वसनीयता कायम राख्नु हो।

बीमा ऐन, २०७९ मा बीमा सूचना केन्द्रको कानुनी व्यवस्था समेत छ। ऐनको दफा १५५ मा प्राधिकरणले बीमा क्षेत्रको सूचना संकलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्ने व्यवस्था छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुशील देव सुवेदी भन्छन्, “बीमा सूचना केन्द्र बीमा ऐन, २०७९ मा परिकल्पना गरिएको केन्द्रीय इन्स्योरेन्स रिपोजिटरी प्रणाली हो। यसले सबै बीमा गर्ने व्यक्तिको तथ्यांक संकलन गर्छ र बीमामा हुने फ्रड र जोखिमलाई नियन्त्रण गर्छ।”

यसले कसरी काम गर्छ ?

प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीका अनुसार, बीमा सूचना केन्द्रमा बीमितको विवरण संकलन हुने भएकाले यदि कुनै व्यक्ति दोहोर्याएर बीमा गर्न खोज्छ वा बीमा दावीमा अनियमितता हुन्छ भने सजिलै पत्ता लगाउन सकिन्छ।

उनले भने, “एकपटक बीमा गरिसकेको मान्छेले दोहोर्याएर बीमा गर्नुपर्यो भने सूचना केन्द्रको डेटा प्रयोग गरेर हालसम्म उसले कहाँ कति बीमा गरिसकेको छ र कहाँ क्लेम लिएको छ, सबै कुरा सजिलै हेर्न सकिन्छ।”

सिस्टमको कार्यविधि बैंकको कर्जा सूचना केन्द्रजस्तै हुने पनि सुवेदीले बताए । उनले बीमा सूचना केन्द्रको सञ्चालन भइसकेपछि २० प्रतिशत लागत न्युनीकरण हुने समेत उल्लेख गरेका छन् ।

https://aarthikvoice.com/archives/80240

निर्देशक सुवेदी भन्छन् , “सूचना केन्द्रले बीमा क्षेत्रको लगभग २० प्रतिशत लागत न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । ठगी र फ्रड रोक्ने देखी लिएर दाबी प्रक्रियामा पारदर्शिता र दाबी छिटो सम्पन्न गर्न मदत पुर्याउनु पनि यसको विशेषता हो । सबै कम्पनीमा कहाँ कति कति बीमा भएका छन् भन्ने जानकारी यस प्रणालीमा उपलब्ध हुनेछ । गलत भएको खण्डमा केन्द्रले त्यसलाई रोक्छ र बीमा प्रणालीमा पारदर्शिता ल्याउँछ।”

https://www.youtube.com/watch?v=vF1UC8aty9E

बीमा सूचना केन्द्रले सबै बीमा कम्पनीको डेटा एकीकृत गरी एकद्वार प्रणालीमा सुक्ष्म निगरानी गर्नेछ। जसले गर्दा बजारको विश्वास कायम राख्न बीमा सुचना केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा विज्ञहरुको छ।

कहिले स्थापना हुन्छ?

बीमा सूचना केन्द्रको कार्यविधि अहिले अन्तिम चरणमा पुगिसकेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले आर्थिक भ्वाइसलाइ जानकारी दिएका छन् । उनले आवश्यक छलफल र परिमार्जन पूरा भएपछि यसलाई कार्यान्वयनमा ल्याइने योजना रहेको बताए।

उनले भने, “यसै आर्थिक वर्ष भित्रमा बीमा सूचना केन्द्रको स्थापना हुनेछ। प्रक्रिया अघि बढिरहेको छ र छिट्टै पास गरेर लागू गरिनेछ।”

नेपालमा बीमा सूचना केन्द्रको स्थापनाले बीमा क्षेत्रको पारदर्शिता, विश्वसनीयता र दक्षता वृद्धि गर्ने अपेक्षा गरिएको छ। हालसम्म स्थापनामा ढिलाइ भए पनि, प्राधिकरण र सरोकारवालाहरूबीच सहमति जुटेपछि केन्द्रको कार्यान्वयन छिट्टै हुने देखिन्छ।

https://aarthikvoice.com/archives/80877

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?