National life

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ४० अर्ब तान्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
881Shares
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ४० अर्ब तान्दै राष्ट्र बैंक
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपियाँ तान्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले आज २१ दिनका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै निक्षेप संकलन उपकरण खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रेमिटेन्समा आएको बढोत्तरीले बैंकिङ प्रणालीमा निरन्तर निक्षेप बढेपनि सोही अनुपातमा कर्जा लगानी हुन अधिक तरलताको समस्या आएको हो । चालु आवको असोज महिनामा मात्रै १ खर्ब ४४ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर २६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
881SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?