National life

बैंकिङ प्रणालीमा असन्तुलन गहिरिँदै : “निक्षेपको उछाल, कर्जा माग मौन”

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.2kShares
बैंकिङ प्रणालीमा असन्तुलन गहिरिँदै : “निक्षेपको उछाल, कर्जा माग मौन”
ncell

काठमाडौँ। नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा खाताबीचको अन्तर उल्लेखनीय रूपमा बढिरहेको छ। तथ्यांक अनुसार, हालको आर्थिक वर्षको सात महिनासम्म निक्षेप खाताको सङ्ख्या ६ करोड १८ लाखभन्दा बढी पुगेको छ।

जुन गत वर्षको सोही अवधिमा रहेको करिब ५ करोड ८१ लाख खाताको तुलनामा उल्लेख्य वृद्धि हो। यो प्रवृत्ति बचत गर्ने जनताको संख्यामा तीव्र वृद्धिलाई देखाउँछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर कर्जा खाताको वृद्धि अपेक्षाकृत सुस्त रहेको छ। माघ मसान्तसम्म कर्जा खाताको सङ्ख्या २० लाख ३४ हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य मात्र वृद्धि हो। वाणिज्य बैंकहरूमा निक्षेप र कर्जाको सबैभन्दा ठूलो हिस्सा केन्द्रित छ। यी बैंकहरूमा करिब ५ करोड निक्षेप खाता र १७ लाख कर्जा खाता रहेका छन्।

यद्यपि दुवै क्षेत्रमा वृद्धि देखिए पनि, निक्षेपको तुलनामा कर्जाको विस्तार निकै कम छ। विशेषत: विकास बैंकहरूमा भने कर्जा खातामा गिरावट देखिएको छ। विगत एक वर्षमा विकास बैंकका कर्जा खाता झण्डै ७ हजारले घटेर २ लाख ६७ हजारमा पुगेका छन्।

बैंकिङ विश्लेषकहरूका अनुसार आर्थिक गतिविधि सुस्त हुनु, लगानीका अवसर सीमित हुनु, र व्यवसायिक वातावरणमा अनिश्चितता रहनु जस्ता कारणले कर्जा माग कमजोर भएको हुन सक्छ। यसले बैंकिङ प्रणालीमा असन्तुलन बढाउने संकेत दिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?