National life

बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रवन्ध मिलाउन सिबिफिनको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
721Shares
बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रवन्ध मिलाउन सिबिफिनको माग
ncell

काठमाडौं । सिबिफिनले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ‘सिबिफिन’ले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी तथा कार्यालयको सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेको हो ।

सिबिफिनको असार १४ गते बसेको बैठकले बैंक वित्तीय संस्था एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति संस्था तथा समुहहरुबाट निरन्तर रुपमा भइरहेको भौतिक आक्रमण तथा गैरकानुनी गतिविधिहरुको नियन्त्रण गर्न सरकार समक्ष अनुरोध गरेको हो ।

कुनै पनि व्यक्ति समुह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्थाको साख गरिमा विश्वसनियता वा सम्तप्तीमा हानी नोक्सानी पुर्याउने बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने काम भएको सिविफिनले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्ता समुहले कर्जाको साँवा व्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने मानमर्दन गर्ने काम गरेको सिविफिनले जनाएको छ ।

त्यस्तै प्रचलित कानुनबाट बर्जिन क्रियाकलापहरु देशका विभिन्न स्थानहरुमा निरन्तर रुपमा भइरहेकोले यस्तो कार्य गर्ने जो सुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुन बमोजिम कडा कारबाहीका लागि सम्बन्धित निकायलाई सिविफिनले आह्वान समेत गरेको छ ।

साथै बैंक वित्तीय संस्था र सोमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रवन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरिक्षक तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगायत सम्बन्धित सबै समक्ष उनिहरुले माग गरेका छन् ।

उनिहरुले सरकारले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रवन्ध मिलाउन नसकेमा बैंक वित्तीय सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?