National life

भारतका विद्युतमन्त्री नेपाल आउँदै, संयुक्त लगानीको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
438Shares
भारतका विद्युतमन्त्री नेपाल आउँदै, संयुक्त लगानीको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गर्ने
ncell

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार नेपालको भ्रमणमा आउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आउन लागेका हुन् ।

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले राससलाई जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री खड्कासँगै भारतीय मन्त्री खट्टरले मंगलबार संखुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तरगत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार सवस्टेशन, २२०–३३ केभी बानेश्वर सवस्टेशन तथा २२०–१३३–३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन गर्नुहुने प्रवक्ता देवले बताए ।

मंगलबार नै नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने छ । दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा दुवै मन्त्रीले हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवले जानकारी दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?