National life
cg eloctronics

भिजिट भिसा प्रकरण : शुक्रबार समेत बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ जेठ २०८२, शुक्रबार
456Shares
भिजिट भिसा प्रकरण : शुक्रबार समेत बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगन
ncell

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार समेत बस्दै नबसी स्थगित भएको छ। दिँसो १ बजे बस्नेगरी तय भएको आजको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय आयोग बन्नै पर्ने अडान राखेर विपक्षी दलहरूले सदनमा अवरोध गर्दै आएका छन्। खुलाउने प्रयास विफल भएपछि शुक्रबार बैठक बस्दै नबसी स्थगित भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस प्रकरणलाई लिएर विपक्षीहरूले १३ गते देखि नै सदनमा अवरोध गर्दै आएका छन्। संवैधानिक व्यवस्था अनुसार १५ जेठमा बजेट प्रस्तुत गर्नैपर्ने भएकाले त्यसदिन भने उनीहरूले बैठक चल्न दिएका थिए।

तर त्यसपछि प्रक्रियामा विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेका छन्। बैठक सञ्चालनका लागि सभामुख र सत्तारुढ दलहरूले पटक–पटक उनीहरूसँग छलफल गरे पनि सहमति जुटेको छैन।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?