National life

भेप पैठारी प्रकरण: शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध राजस्व छली मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ भदौ २०८२, आइतबार
567Shares
भेप पैठारी प्रकरण: शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध राजस्व छली मुद्दा दायर
ncell

काठमाडौँ । अवैध रूपमा तातोपानी नाका हुँदै नेपाल भित्र्याइएको विद्युतीय चुरोट (भेप) प्रकरणमा शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा अर्बौँको राजस्व छली मुद्दा दायर भएको छ।

भन्सार विभागले उनीहरू मार्फत १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने मागसहित कैद सजायसमेतको दाबी गर्दै मुद्दा दायर गरेको हो। २०७८ पुस २२ गते ललितपुरको महालक्ष्मी–४ बाट ८६ हजार ४ सय थान भेप बरामद भएपछि सुरु गरिएको अनुसन्धानमा शिल्क ग्रुपले लामो समयदेखि ठूलो मात्रामा राजस्व छली गर्दै आएको तथ्य प्रमाणित भएको विभागले जनाएको छ।

करिब साढे पाँच महिनासम्मको अनुसन्धानपछि शिल्कले भेप मात्र नभई अन्य सामग्रीमा समेत करोडौँको राजस्व छली गरेको निष्कर्ष निकाल्दै विभागले अदालतमा मुद्दा दायर गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुद्दामा रमेश शेर्पासँगै उनका भिनाजु विजय शेर्पालाई पनि मुख्य अभियुक्त बनाइएको छ। विजय तातोपानी नाकामा सक्रिय रहँदै भन्सार अधिकारी, राजनीतिक दलका नेता र पत्रकारहरूसम्मलाई प्रभावमा पार्दै आएका थिए भन्ने व्यापारीहरूको दाबी छ।

शिल्क ग्रुपका गोदाम सञ्चालक महेशप्रसाद पाठक र कर्मचारी सन्तोष पराजुलीलाई भने मतियारका रूपमा आधा सजाय माग गरिएको छ। सबै प्रतिवादी फरार रहेका कारण उनीहरूको नाममा म्याद काट्ने प्रक्रिया अघि बढाइएको जिल्ला अदालत ललितपुरले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?