National life
cg eloctronics

भोटेकोशीको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
500Shares
भोटेकोशीको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन प्रभावित
ncell

काठमाडौँ । तिब्बतबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पु‍र्‍याउँदै झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द गराएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता तथा निर्देशक राजन ढकालका अनुसार बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाहरूमा ठूला भौतिक क्षति पुगेका छन् ।

उनका अनुसार रसुवागढी (१११ मेगावाट), चिलिमे (२२ मेगावाट), त्रिशूली ३ए (६० मेगावाट), र त्रिशूली ३बी (३७ मेगावाट) जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । “रसुवागढीको हेडवर्क्समा क्षति पुगेको छ । चिलिमेको टेलरेसमा पानी पसेको छ, दुई–तीन दिनभित्र सफा हुनेछ,” ढकालले भने, “त्रिशूली ३ए को तीन वटा हेडवर्क्स बगाएका छन् भने त्रिशूली ३बी को हब सबस्टेसनमा बाढी पसेपछि सञ्चालन रोकिएको छ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मंगलबार बिहान तिब्बतबाट आएको बाढीले भोटेकोशी नदीमार्फत रसुवागढी क्षेत्र हुँदै प्रवेश गर्दा भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको हो । नेपाल–चीन जोड्ने मितेरी पुल पूर्णरूपमा बगिसकेको छ भने भन्सार यार्डमा राखिएका गाडीहरू पनि बगाएका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । उनीहरूमध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ९ जना भन्सार यार्डमा कार्यरत नेपाली रहेको जानकारी दिइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?